५ कार्तिक २०८३, बिहिबार

चितवनका राज बने ‘मिस्टर नेपाल वर्ल्ड २०१८’

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । चितवन रामघाटका २५ बर्षिय विकल्प राज श्रेष्ठ ‘मिस्टर नेपाल वर्ल्ड २०१८’ घोषित भएका छन् । बिबिएस फोर्थ इयरमा अध्ययनरत श्रेष्ठले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन् ।

‘बलात्कारीका लागि उपयुक्त सजाय के हुन सक्छ ?’ निर्णायक मध्यका एक कलाकार सुनिल थापाले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिदै उनी बिजेता बन्न सफल भएका हुन् ।

सोसल मिडिया उपाधि समेत हात पारेका श्रेष्ठले प्रतियोगितामा मोटरबाइक, नगद रु ५० हजारका साथमा विभिन्न पुरस्कार प्राप्त गरे । श्रेष्ठले यसै बर्ष आयोजना हुने ‘मिष्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा सुसन महर्जन मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, सन्दिप केसी मिस्टर नेपाल म्यान अफ द इयर, प्रदीप न्यौपाने मिस्टर नेपाल मेनइन्टनेशनल, चन्दन चौधरी मिस्टर नेपाल मेनएटिच्युट चुनिदा सागर परियार एक्सपोजन नेपाल टुरिजम एम्बेसडर, सविन बराल एक्पोज नेपाल युथ एम्बेसडर र दिपेश श्रेष्ठ एक्पोज नेपाल स्पोड्स एम्बेसडर छानिए ।

महर्जन, केसी, न्यौपाने र चौधरीले नगद २० हजार सहित विभिन्न पुरस्कार थाप्दा परियार, बराल र श्रेष्ठले नगद १५ हजार सहित विभिन्न उपहार प्राप्त पारे ।

कलाकार सुनिल थापा, पूर्व डिआइजी बिज्ञानराज शर्मा, गीतकार डा.कृष्णहरी बराल, बैंकर रबिना देशराज जोशी, फोटोग्राफर राजभाई सुवाल, कोरियोग्राफर महेश केसी, कला सुब्बा लगायत निर्णायक रहेको प्रतियोगितामा सागर परियार मिस्टर ट्यालेन्ट, चन्दन चौधरी मिस्टर फोटोजेनिक, सुशन मर्हजन बेष्ट मोडल, रिसव पौडेल पब्लिक च्वाइस, जीवन रेग्मी एसएमएस स्टार छानिए । सबैले नगद रु १० हजार सहित अन्य विभिन्न उपहार समेत हात पारे ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर गर्दै उज्वल भविश्य निर्माणमा अग्रसर गराउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको एक्सपोज नेपालकी सिइयो अर्चना थापाले बताइन् ।