
काठमाडौँ, १४ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शन गर्न पुग्ने दर्शनार्थीहरुको सुविधाको लागि लकर कक्ष निर्माण गरेको छ ।
लकर आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको हो । लकर सेवाको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको मन्त्री अधिकारीले प्रशंसा गरे ।
बैंकका अध्यक्ष रोशन केसीले बैंकको अठारौँ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दुहरुको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा आफू र सम्पूर्ण माछापुच्छे्र बैंक परिवार गौरवान्वित भएको बताए ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५ सय १० थान लकर राखेको हो । लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन् ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ११७ स्थानवाट सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।















प्रतिक्रिया