४ कार्तिक २०८३, बुधबार

रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै एन्फामा एनआरटीको निवेदन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । लामो समयपछि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल नै विवादित रह्यो । उद्घाटन खेलमा रेफ्रीको निर्णयलाई न्युरोड टिम एनआरटीले असन्तुष्टि जनाएको थियो ।

खेलको अन्तिम समयतिर रेफ्री सुदिस पाण्डेले बल धेरै समय होल्ड गरेको भन्दै फ्री किक दिएका थिए । आर्मीले उक्त फ्री किकलाई गोलमा परिणत गर्दै खेल बराबरीमा रोक्यो ।

रेफ्रीको निर्णयबारे छानविन गर्न एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको छ । क्लबले अनुसन्धानका लागि एन्फामा उजुरी दिएको हो ।

एआरटीका क्लब भने एन्फाको निर्णयलाई कुरिरहेको छ । रेफ्रीलाई आवश्यक कारबाही नभए लिग नखेल्ने समेत बताएको छ ।

शनिबार भएको आर्मी र एनआरटीबीचको खेल २-२ को बराबरीमा सकिएको थियो ।