
काठमाडौं, १४ असोज । एन्फाका पदाधिकारीसँग भेटघाट गर्न एसियाली फुटबल महासंघका अध्यक्ष सलमान विन अब्राहिम अल खालिफा नेपाल आउँदै छन् । उनी आइतबार नेपाल आउन लागेका हुन् ।
सोमबार बिहान १० बजे सलमान र एन्फाका पदाधिकारीबीच ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भेटघाट हुने बताइएको छ ।
एन्फाले एएफसी अध्यक्ष सलमानको भेटमा कुनै पनि एजेण्डा नहुने बताएको छ । तर, खेल पण्डितहरुले भने सलमानको भेटलाई एएफसीको निर्वाचनसँग जोडेर हेरेका छन् ।
निर्वाचनका लागि सहयोग होस् भन्ने हेतुले उनले एन्फाका प्रतिनिधिसँग भेटघाट गर्न खोजेको अनुमान लगाउन थालिएको छ ।















प्रतिक्रिया