२१ कार्तिक २०८३, शनिबार

चितवन मेडिकल कलेजमा ‘हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन’ तालिम सुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ असोज । नेपालमा नै पहिलो पटक चितवनमा हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन (एचआईईएम) तालिम सुरु भएको छ ।

आकस्मिक चिकित्साको तालिम सुरु गर्न चितवन मेडिकल कलेजले पहिलो पटक नेपालमा नै हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन तालिम सुरु गरेको हो ।

नेपालमै आकस्मिक उपचारको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो.डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

यस ४ वर्षे तालिम पश्चात् एमबिबिएस पास गरेका विद्यार्थीहरुलाई मेम्बर अफ रोयल कलेज अफ ईर्मेजेन्सी मेडिसिन (एमआरसीईएम) र फेलोसिप ईन क्वालिटी ईन्प्रुभमेन्ट (एफक्यूआईएम)को डिग्री दिइनेछ ।

बेलायतको ईन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप (आईएएमएल) युके, ईन्टरनेशनल सेन्टर फर ईर्मेजन्सी मेडिसिन (आईसीईएम) युके, डनक्यास्टर एण्ड ब्यासेटल टिचिङ्ग हस्पिटल (डिविटिएच) युके र नेपालको चितवन मेडिकल कलेजले संयुक्त रुपमा प्रशिक्षण दिनेछ ।

ईर्मेजेन्सी मेडिसिनको विविध विषयमा उच्च तालिमका लागि प्रशिक्षार्थीहरुलाई पहिलो र चौथो वर्ष चितवन मेडिकल कलेजमा र दोश्रो र तेश्रो वर्ष डनक्यास्टर एण्ड ब्यासेटलः टिचिङ्ग हस्पिट बेलायतमा अध्यापन गर्नेछन् ।

यसैबीच हाईव्रिड ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन तालिमको शुभारम्भ गर्न र यस बारे सार्वजनिक जानकारी गराउन दुई दिने ‘चितवन ईन्टरनेशनल ईर्मेजेन्सी मेडिसिन कन्फेरेन्स’ सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कन्फेरेन्सको उद्धघाटन नेपाल सरकारका स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री यादवले नेपाली उपचार पद्धतिका लागि चितवन मेडिकल कलेजले थालेको यो कार्य मुलुककै लागि नमूना हुने बताए ।

कार्यक्रममा पाटन एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति प्रो.डा.भरत यादव, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा.नारायण विक्रम थापा, स्वास्थ्य राज्यमन्त्रीका प्रमुख सल्लाहकार डा.केके राई, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.दिलिप शर्मा, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, चितवन प्रहरी प्रमुख सुशिलसिहं राठौर र बेलायतका विभिन्न क्षेत्रका चिकित्सकहरुको समेत सहभागीता थियो । बेलायतका रोयल कलेज अफ ईर्मेजेन्सी मेडिसिनको ईन्टरनेशनल अफिसर भिम्टोरी डि उइट समेत सहभागी थिए ।