
काठमाडौं, १३ असोज । यू-१९ एसिया कप क्रिकेटमा नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।
शनिबार बंगलादेशको सभारमा भएको खेलमा भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ चलेन । नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनायो ।
नेपालका लागि कप्तान आशिफ शेखले सर्वाधिक २५ रना बनाए । त्यस्तै रोहितकुमार पौडेलले २४ रन बनाउँदा सन्दिप जोराले २० रन जोडे । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ३०४ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका भीम सार्कीले सर्वाधिक ४ विकेट लिँदा रसिद खानले २ विकेट हात पारे ।















प्रतिक्रिया