
काठमाडौं, १३ असोज । शनिबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग सुरु भएको छ । उद्घाटन खेल विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच भइरहेको छ ।
एन्फा कम्प्लेक्स सात दोबाटोमा यी दुई क्लबबीच खेल भइरहेको छ । नेपाली फुटबलको विकासका लागि यस लिगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
त्रिभुवन आर्मी क्लबमा विकेश कुथु, जितेन्द्र कार्की, विमल पाण्डे, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, पदम तामाङ, टंक बस्नेत, भरत खवास, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ खेलिरहेका छन् ।
त्यस्तै न्यूरोड टिम एनआटी क्लबका लागि अजित प्रजापति, प्रविन सैजु, अनिल धामी, सरोज तामाङ, असेस बन, निशान लिम्बु, सुशिल लामा, रोहित पुडासैनी, दिकेश खड्गी र राजेश परियार मैदानमा भिडिरहेका छन् ।















प्रतिक्रिया