४ कार्तिक २०८३, बुधबार

भारत बन्यो एसिया च्याम्पियन

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । भारतले बंगलादेशलाई पराजित गर्दै एसिया कपको उपाधि कब्जा गरेको छ ।

शनिबार राति युएईमा भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ३ विकेटले हराउँदै उपाधि आफ्नो नाममा गराएको हो । यो भारतको सातौं एसिया कप उपाधि हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर तीन बलमा अलआउट हुँदै २२२ रन बनाएको थियो । बंगलादेशको मध्यम लक्ष्य पछ्याएको भारतलाई जित हासिल गर्न अन्तिम बलसम्म कुर्नुपर्‍यो ।

भारतलाई बंगलादेशविरुद्ध जित हासिल गर्न अन्तिम ओभरमा ६ रन चाहिएको थियो । केदार जादब र कुलदीप यादव मिलेर अन्तिम ओभरमा आवश्यक रन हिर्काए । र, भारत एसियन च्याम्पियन बन्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै दिनेश कार्तिकले ३७, महेन्द्रसिंह धोनीले ३६ तथा रविन्द्र जडेजाले २३ रन जोडे । केदार जादबले २३ तथा कुलदिप यादव ५ रनमा अविजित रहे । बलिङतर्फ बंगलादेशका रुबेल हुसेन र मुस्तफिजुर रहमानले समान दुई-दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२२ रन बनाएको थियो । बंगलादेशका लागि लिटोन दासले १२१ रनको शतकीय पारी खेले । सौम्य सरकारले ३३ रन बनाउँदा हसन मिराजले २३ रन जोडे ।

बलिङतर्फ भारतका कुलदीप यादवले ३ तथा केदार जादबले २ विकेट हात पारे । यससँगै बंगलादेशको एसिया कप उपाधिमा डेब्यू गर्न सकेन । एसियामा भारतको दबदबा कायमै रह्यो ।