४ कार्तिक २०८३, बुधबार

अनियन्त्रित ट्रकको ठक्करबाट नवलपुरमा गम्भीर दुर्घटना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय चालिसे

कावासोती, १३ असोज । नवलपुर जिल्लाको कावासोतीमा ट्रकले बसलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना यात्रु घाइते भएका छन् ।

कावासोतीको डण्डामा शनिबार बिहान साढे २ बजे ट्रकले बसलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको हो ।

नेपालगंजबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बसलाई विपरित दिशाबाट गएको ना ६ ख ७७१९ नम्बरको ट्रकले ठक्कर दिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा परी बस चालक बाँके कोहलपुर नगरपालिका ४ बस्ने २३ वर्षका सुरज विक र कपिलवस्तु बाणगंगा गाउंपालिका २ बस्ने २४ वर्षका लक्ष्मण थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्य ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते भएकाहरुमध्ये ११ जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

५ जनाको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र १६ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको छ ।

दुर्घटनाका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो । प्रहरीले सवारी एकतर्फी रुपमा सञ्चालनमा ल्याएको छ ।