
काठमाडौँ, ११ असोज । सूचना प्रविधिमार्फत सहज र सुलभ रुपमा आमनागरिक सम्म सजिलै बैंकिङ पहुच पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।
जनता बैंकको वेभ साइट www.janatabank.com.np मा लग अन गरी स्वदेश तथा विदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने छ ।
यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ । यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ ।
अनलाइनबाट खाता खोलेपश्चात ग्राहकको खाता नम्बर र आवश्यक जानकारी व्यक्तिगत इमेलमा पठाइने छ । यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फारममा हस्ताक्षर गर्नु पर्नेछ ।















प्रतिक्रिया