
काठमाडौं, ११ असोज ।माछापुच्छ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २९ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बंैकका हालसम्म ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु तथा २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी १ सय १७ स्थानबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बंैकका देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।















प्रतिक्रिया