२१ कार्तिक २०८३, शनिबार

उत्तम भट्टराईको ‘आहा हिमाल’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ असोज । नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को बिहीबार विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, लेखिका लाक्पा फुटी शेर्पा, नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, उद्धव भट्टराई, कृतिकार भट्टराईले संयुक्त रुपमा विमोचन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यो कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रुपमा जान सक्ने विचार पोखे ।

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले नेपालका हिमाल र हिमाली संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे । लेखिका शेर्पाले ‘आहा हिमाल’ मार्फत् नेपालका हिमाल र यसको पर्यटकीय सौन्दर्यको गहिरो चर्चा भएको बताइन् । कार्यकारी निर्देशक ज्ञवालीले लेखक भट्टराईसँग अनुभूतिको अथाह शक्ति रहेको नेपाली पर्यटन र हिमालको जनजीवनको सुन्दर संयोजन रहेको धारण व्यक्त गरे ।

कृतिका लेखक उत्तम भट्टराईले आफूले नेपालका विभिन्न हिमाली क्षेत्राम घुम्दाका अनेकौं अनुभूति मार्फत् नेपाली समाज र पर्यटकीय संसारलाई उतार्ने प्रयास गरेको विचार राखेका थिए ।

लेखक भट्टराईको यो पहिलो कृति हो । यस कृति बाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशित भइरहेका छन् । पर्यटन, साहित्य र संचारमा सम्बद्ध भट्टराई सक्रिय सामाजिक अभियन्ता हुन् ।