१ कार्तिक २०८३, शनिबार

पकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश, भारतसँग भिड्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अबुधाबी, ११ असोज । पाकिस्तानलाई हराउँदै बंगलादेश युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । अबुधाबीमा बुधबार बेलुका भएको खेलमा पाकिस्तानलाई बंगलादेशले ३७ रनले हराएको हो ।

बंगलादेशले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २०२ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि इमाम उल हकले ८३, आसिफ अलीले ३१ तथा शोएब मलिकले ३० रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।

बंगलादेशका मुस्ताफिजुर रहमानले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको बंगलादेशले ४८ ओभर पाँच बलमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो । उसका लागि मुस्ताफिकुर रहिमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको योगदान दिए ।

पाकिस्तानका जुनैद खानले चार विकेट लिए । फाइनलमा पुगेको बंगलादेशले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारत यसअघि नै फाइनलमा पुगेको छ ।

साबिक विजेता भारत र बंगलादेशबिचको फाइनल खेल शुक्रबार दुबईमा हुनेछ । सुपर फोरमा भारतले बंगलादेशलाई सात विकेटले हराएको थियो । एजेन्सी