१ कार्तिक २०८३, शनिबार

ट्रम्पको सम्बोधनमा हाँसो गुञ्जियो राष्ट्रसंघको महासभामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, असोज १० । राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनका क्रममा हाँसो गुञ्जिएको छ ।

ट्रम्पले अमेरिकी इतिहासमा आफ्नो कार्यकालमा सबैभन्दा बढि काम भएको बताएपछि सबैजनामा हाँसो उठ्यो । आफ्नो कुरा सुनेर सबै हाँसे तब ट्रम्प अलमलमा परेका थिए । त्यसपछि उनले आफूले त्यस्तो प्रतिक्रियाको अपेक्षा समेत नगरेको उल्लेख गरे ।

उनले अमेरिका धनी भएको तर अहिले जस्तो सुरक्षित भने नभएको बताए । ट्रम्पले उत्तर कोरियासँग नरम र चीनसँग कडा व्यवहारको बचाउसमेत गरे ।