
काठमाडौं, १० असोज । केही दिन स्थिर रहेको अमेरिकी डलरको दर रेट फेरि बढेको छ । बुधबार अमेरिकी डरको बिक्रिदर १ को १ सय १६ रुपैयाँ ६१ पैसा रहेको छ भने खरिददर १ सय १६ रुपैयाँ १ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बुधबारको सटही दर रेट अनुसार युरोपियन युरो १ को खरिददर १ सय ३६ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ ३९ पैसा छ । यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ १० पैसा छ भने बिक्रीदर ८४ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रीदर १० रुपैयाँ ३४ पैसा कायम भएको छ । यसैगरी साउदी अरेबियन रियाल १ को खरिददर ३० रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ९ पैसा कायम भएको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा छ भने बिक्रीदर ३२ रुपैयाँ २ पैसा छ । संयुक्त अरब इमिरेट्स दिह्राम १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा कायम भएको छ ।















प्रतिक्रिया