४ कार्तिक २०८३, बुधबार

रियल मड्रिडका फरवार्ड इस्कोलाई एपेन्डिसाइटिस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० असोज । युरोपियन च्याम्पियन रियल मड्रिडका फरवार्ड इस्कोलाई एपेन्डिसाइटिस भएको छ । उनलाई गम्भीर तीव्र पीडा हुने एपेन्डिसाइटिस भएको र अहिले उपचार चलिरहेको स्पेनिस क्लब रियल मड्रिडले जनाएको छ ।

उनको शल्यक्रियाको तयारी भइरहेको छ । इस्काले गएको हप्ता च्याम्पियन्स लिग अन्तर्गत रोमासँगको खेलमा रियलका लागि पहिलो गोल गरेका थिए । यो खेलमा रियल मड्रिड ३–० ले विजयी भएको थियो । २६ वर्षका इस्कोले यो सिजन ६ खेल खेलिसकेका छन् ।

ला लिगामा बुधबार हुने सेभिल्लासँगको खेलसहितका अरु केही खेलमा उनी मैदानमा हुने छैनन् । इस्कोलाई मैदान फर्किन कति समय लाग्छ भन्ने रियलले केही बताएको छैन । एजेन्सी