२१ कार्तिक २०८३, शनिबार

ग्रीस पठाउने भन्दै मानव बेचबिखन गर्ने पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ असोज । युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनि १२ लाख रकम लिई टर्कीमा प¥याएर मानवबेचविखन गर्ने एक जना पक्राउ परेका छन् ।

पीडितहरुबाट १२ लाख रकम लिई नेपालबाट टर्की पुर्‍याई कुनै काम पनि नदिलाई ४५ दिनसम्म राखेर अनेक तवरले शारीरिक तथा मानसिक यातना समेत दिएको अभियोगमा वीरबहादुर अदैलाई पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बाग्लुङ ढोरपाटन नगरपालिका–७ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–११ भण्डारी टोल बस्ने अदैलाई आइतबार पक्राउ गरेको हो ।

पीडितहरूले दिएको मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ ।