नवलपुर, ९ असोज । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अर्न्तगत नवलपुरको गैडाकोटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गैडाकोट नगरपालिका १६ मा बिग्रिएर रोकी राखेको लु १ ख ६७५४ नम्बरको ट्रकमा पश्चिमका लागि छुटेको लु २ च ३९६ नम्बरको बस मंगलबार बिहान ३ बजेको समयमा ठोक्किदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका मध्य ८ जनाको सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अन्य ८ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उपचार गराइरहेका घाइते मध्य नवलपरासी सुुनवल नगरपालिका ४ बस्ने २१ बर्षकी पवित्रा कुवर र पाल्पा आलेभञ्याङका ३५ वर्षका पदमबहादुर कुँवरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया