२१ कार्तिक २०८३, शनिबार

नदीमा डुबेर बालकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोडाघोडी, ८ असोज । नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

मृत्युहुनेमा घोडाघोडी नगरपालिका–४ का अर्जुन धामीका नौ वर्षीय छोरा विवेक धामी रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

स्थानीय सीताकुण्ड माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालक विवेक साथीसँग नदीमा पौडी खेल्न गएकाबेला डुबेपछि स्थानीयवासीले उद्धार गरी सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । -रासस