४ कार्तिक २०८३, बुधबार

सिरी-ए लिग : रोनाल्डोको गोलमा युभेन्टसको सहज जित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । युभेन्टस इटालियन सिरी-ए मा लगातार जित दर्ता गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले फ्रोजिनोनलाई २-० ले पराजित गरेको हो । युभेन्टसले लिगमा यो पाँचौ जित हो ।

पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेन । तर, दोस्रो हाफमा युभेन्टसले दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । खेलको ८१ औं मिनेटमा युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गरे । त्यसलगत्तै खेलको ९० औं मिनेटमा बर्नानडेचीले गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर बनाए । यससँगै युभेन्टसले फ्रोजिनोनलाई २-०ले पराजित गर्‍यो ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको युभेन्टसको ५ खेलमा १५ अंक भएको छ । त्यस्तै फ्रोजिनोनको एक अंक छ ।