१ कार्तिक २०८३, आइतबार

दुबईमा भारतसँग पाकिस्तान ९ विकेटले पराजित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ असोज । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा भारतले पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गरेको छ ।

यो एक दिवसीय क्रिकेटमा विकेटको हिसाबले पाकिस्तानमाथि भारतको अहिलेसम्मकै सबैभन्दा फराकिलो जित हो ।

दुबाईमा भएको खेलमा पाकिस्तानमाथि जित दर्ता गरेको भारत फाइनलमा पुग्न सफल भएको छ । फाइनल खेल शुक्रबार हुनेछ, त्यसअघि भारतले अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।

पाकिस्तानले प्रस्तुत गरेको २३८ रनको लक्ष्य भारतले मात्रै एक विकेटको क्षतिमा ३९ ओभर तीन बलमा भेट्टायो । भारतका लागि रोहित शर्मा र शिखर धवनले शतकीय पारी खेले । शर्माले सात चौका र चार छक्काको सहयोगमा नटआउट १११ तथा धवनले १६ चौका र दुई छक्काको सहयोगमा ११४ रन बनाए ।

रोहित शर्माले एक दिवसीय क्रिकेटमा सात हजार रन पूरा गरेका छन् । यसअघि पहिले ब्याटिङ्ग गरेको पाकिस्तानका लागि रोयब मलिकले ७८ र सर्फराज अहमदले ४४ रनको योगदान दिए ।

भारतका जसप्रित बुमराह, युजवेन्द्र चहल र कुलदीप यादवले दुई दुई विकेट लिए । एसिया कपमै भारतले पाकिस्तानमाथि जित दर्ता गरेको यो दोस्रो पटक हो । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो । एजेन्सी