२ कार्तिक २०८३, सोमबार

‘कमाउन विदेश जानु पर्दैन’ भन्दै उदाहरण बने आशिषका दाजुभाई

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । रोजगारीका लागि विदेश जाने परम्परालाई तोड्दै दाङ घर भएका दाजुभाईको जोडीले आफैले रोजगारी शुरु गरेका छन् ।

दाङ जिल्लाबाट काठमाडौं आएर सिलाइ पेसालाई अंगालेका आशिष सुनाम र उनका भाईले आफ्नै टेलरिङ पसल खोलेर व्यवसाय थालेका हुन् । आफ्नै लगानीमा आशिष र उनका भाईले कपडा समेत राखेर सिलाइको व्यवसायी शुरु गरेका हुन् ।

आशिषका अनुसार सिलाइ पेसामा लागेको लामो समय भएपछि आफैले अब केही गर्नुपर्छ भनेर पसल खोलेको बताए । ‘कोर्ट, पाइन्ट, सर्टसहित सबै प्रकारका कपडा सिलाउन हामी आफै सक्षम छौँ’, उनले भने, ‘अब अरुकोमा काम गर्नुभन्दा सानै लगानीबाट आफैले पसल खोलेर कपडा र सिलाइको पलस गरेका हौँ ।’

आशिषले बागबजारस्थित सिटीस्क्वायरमा ‘थ्री स्टार सर्टिङ सुर्टिङ एण्ड टेलरिङ’ पसल खोलेको छ । पसल नं. १०६ खोलिएको कपडा र सिलाइको पसललाई फिल्म निर्देशक अमर ओली, नायक आयुष रिजालले उद्घाटन गरेका हुन् ।

३–४ वर्षदेखि काठमाडौंका विभिन्न नाम चलेका टेलरिङ पसलहरूमा सिलाइको काम सिकेका उनीहरूले असोज ५ गते आफ्नै लगानीमा पसल खोलेका हुन् ।

आशिषले नाम चलेका कलाकार, नेता, व्यापारीले लगाउने कोर्ट, पाइन्ट, सर्टसहितका शुटहरू आफैले सिलाएको अनुभव पनि सुनाए ।