२१ कार्तिक २०८३, शनिबार

प्रादेशिक विश्वविद्यालय उदयपुरमा बनाउने मुख्यमन्त्रीको उद्घोष

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गाईघाट, ७ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने उद्घोष गरेका छन् ।

क्याम्पसको ९ औँ साधरणसभालाई आईतबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताए । प्रादेशिक विश्वविद्यालय बनाउने सन्र्दभमा केहि दिनभित्र अध्ययन टोली गठन गर्ने उनले बताए । टोलीले उदयपुरलाई प्राथामिकतामा राखेर शुरुमै अध्ययन गर्ने उनले बताए ।

मुख्यमन्त्री राईले प्राज्ञिक तथा विज्ञ टोलीबाट स्थलगत निरिक्षण गराई अन्य विकल्प भन्दा पनि प्रदेश विश्वविद्यालय निर्माणमै जोड दिईने बताए ।

मुख्यमन्त्री राईले अहिलेको अवस्थामा प्रदेश संरचना बलियो र व्यवस्थित नभएसम्म देश समृद्ध बन्न नसक्ने उल्लेख गरे । स्थानीय तहलाई जग बनाई ७ वटा प्रदेशले पिलरकोरुपमा काम गर्ने उनले बताए ।