४ कार्तिक २०८३, बुधबार

यू–१६ महिला च्याम्पियनसिप : अन्तिम खेलमा मलेसियासँग नेपालको बराबरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोको अन्तिम खेलमा नेपालले मलेसियालाई बराबरीमा रोक्दै अंक बाँडेको छ । आइतबारको खेलमा नेपाल मलेसियासंग ४–४ गोलको बराबरी खेलेको हो ।

हल्चोकस्थित एपीएफ क्लबको मैदान मलेसियाको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् । नेपालले एक गोल आत्मघाती उपहार पाएको थियो । मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गर्दा नरुल नबिलाले एक गोल गरिन् ।

योसंगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले १ अंक जोडेर प्रतियोगिता सकाएको छ । मलेसियाले पनि अन्तिम खेलमा आएर १ अंक जोडेको छ । यस छनोटबाट म्यानमारले दोस्रो चरणको छनोटमा स्थान बनाएको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५–१ ले हराएर म्यानमारले उपाधि जितेको हो ।