
धादिङ, ७ असोज । बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आइतबार बेपत्ता भएका छन् ।
उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खससेको ढिस्कोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।
हराइरहेका ती व्यक्तिको खोजी भइरहेकोे प्रहरीले जनाएको छ । –रासस












प्रतिक्रिया