
काठमाडौं, ७ असोज । नेपाल एपीएफ क्लबको फुटबल तथा क्रिकेट खेल प्रवर्द्धनका लागि अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)ले दुई करोड रुपैयाँ प्रायोजन गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असोज ७ गते आयोजित एक समारोहका बीच आगामी पाँच वर्षको लागि सो खेल प्रायोजनका लागि दुई करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।
सोही समारोहमा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले खेलकुद प्रायोजन सम्बन्धी सम्झौता एक आपसमा हस्तान्तरण समेत गरे ।
नेपाल एपीएफ क्लबलाई सो प्रा.लि.ले फिटवेल कम्पनीको खेलकुद पोशाक समेत हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, सो प्रा.लि.का क्याविनेट श्रेष्ठ र प्रा.लि.कै अर्जुनप्रसाद शर्मा तथा सुजन वैद्य श्रेष्ठ लगायतले खेलको नयाँ पोशाक प्रदर्शन समेत गरे ।















प्रतिक्रिया