२१ कार्तिक २०८३, शनिबार

कपुरकोटको माटोमा ६५ प्रतिशत बढि अम्लीयपना ,गाउँपालिकाले कृषि चुन बाँड्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ७ असोज । तरकारी उत्पादनमा जिल्लाकै अव्बल स्थान कपुरकोटको माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको भेटिएको छ । माटो परीक्षणको नतिजा अनुसार माटोमा ६५ प्रतिशत भन्दा बढि अम्लीयपना रहेको र विशेष गरि तरकारी खेती हुने गरेकोे खेतबारीमा अम्लीयपन बढि रहेको पाइएको हो ।

माटोमा अम्लीयपना रहेको पुष्टी भएपछि कपुरकोट गाउँपालिकाले किसानलाई माटो सुधार गर्न कृषि चुन वितरण गरेको छ । माटोको उर्वराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिए ।

कृषि चुन खरिद गरि किसानको २५ प्रतिशत लागत सहभागीतामा ५ सय ४५ क्विन्टल कृषि चुन कृषि शाखा मार्फत वितरण भएको हो । अझै किसानले चुनको माग गरिरहेको कृषि शाकाका प्रमुख पदम तिमिल्सिनाले जनाए । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घट्ने गरेको माटोमा सुधार आएर उत्पादन बढाउन सकिने भन्दै माटोको अवस्था हेरेर एक रोपनि जमिनमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गर्नुपर्ने उनले जनाए ।

रासायनिक मल तथा विषादीको प्रयोग, बालि चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना बढ्न गइ उर्वराशक्तिमा ह्रास आउने कृषि शाखाले जनाएको छ । माटोमा अम्लको मात्रा बढ्दै जानु चिन्ताको विषय भएको जनाउँदै कपुरकोट गाउँपालिकाले यसको मात्रा घटाउन किसान पनि जागरुक बन्नुपर्ने बताएको छ ।

पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । यसै क्रममा यहाँका किसानले खेती गर्दै आएको जमिनको माटो बिग्रदै गएको पाइएको हो ।