४ कार्तिक २०८३, बुधबार

एआइजी धिरु बस्नेतले यहाँबाट अनुसन्धान थाले निर्मला पन्त प्रकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त प्रकरणको छानबिन निलम्बित प्रहरी अधिकारीबाटै थालिएको छ ।

एआइजी धीरु बस्नेतको छानबिन समितिले निलम्बित सबै प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको छ ।

एसपी डिल्लीराज विष्ट, डिएसपी अंकुर जिसी, ज्ञानबहादुर सेठी लगायत पोलिग्राफ टेस्ट थालिएको हो । प्रहरीले घटना घटाएको वा प्रमाण मेटेको हुनसक्ने आशंकामा छानबिन गर्न थालिएको हो । सर्वसाधारण र निर्मलाका आफन्तले प्रहरीले प्रमाण मेटेको आरोप लगाएका थिए ।

घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको पोलिग्राफ परीक्षण भइसकेको छ । त्यसको परिणाम आइसकेको छैन ।

यस्तै, प्रहरीको विधि विज्ञानशालामा ओपेरा होटलको सीसीटिभी फुटेज रिकभरका लागि पठाइएको छ । उक्त फुटेज १५ दिनभन्दा बढी नहुने बताइएपछि शंका उत्पन्न भएको थियो । भदौ अन्तिम साता एसपी विष्ट, उनका छोरा किरण, मेयरका भतिजा आयुषको डीएनए परीक्षण गरिएको थियो ।

स्थानीयले भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्रका भतिज र एसपीका छोरा किरणमाथि निर्मला पन्त बलात्कार प्रकरणमा आशंका व्यक्त गरेपछि ओपेरा होटलको फुटेज रिकभर गर्न थालिएको कञ्चनपुर प्रहरी प्रमुख कुबेर कडायतले बताए ।

यता, निर्मलाको हत्या भएको दिन घटनास्थल नजिकै रहेको सेनाको ब्यारेकबाट निस्किएका अधिकारीहरुमाथि पनि छानबिन भइरहेको छ । १० साउनमा निर्मला हराएपछि उनको शव ११ साउनमा आमा दुर्गादेवी पन्तले पत्ता लगाएकी थिइन् ।

न्याय पाउन नसकेको भन्दै निर्मलाका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवीसहित केही मानवअधिकारवादी, महिलाअधिकारकर्मीले गृहमन्त्री रामबहादर थापा, प्रधानमन्त्री केपी शर्मा ओलीसँग काठमाडौंमा भेट गरेका थिए ।