
काठमाडौं, ६ असोज । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिएकी छन् ।
काठमाडौंमा दुई दिनसम्मचलेको महिला कानून व्यवसायीहरुको २७औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गरिन् । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिलाआन्दोलनको उद्देश्य थियो,’ उनले भनिन्, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’
प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गरेका छन् भने भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमामहिला सांसदले नेतृत्व गरेका छन् ।
उपसभामुख डा. तुम्बाहाङ्फेले संविधानकार्यान्वयनकालागिमौलिकहकसँग सम्बन्धित १६ वटा कानून निर्माण भइसकेको स्मरण गराउँदै कानून निर्माण प्रक्रियामा सहभागिता जनाउन कानून व्यवसायी महिलाहरुलाई अपिल गरिन् ।












प्रतिक्रिया