
काठमाडौं, ६ असोज । काठमाडौं, भक्तपुर, कास्की र सोलुखुम्बुमा गरी शनिबार ४ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ खड्कागाउँ स्थित निर्माणाधिन घरमा सेक्युरिटीको काम गरी बस्ने सिन्धुली तसखुखोला घर भएका ३२ वर्षीय मोहनबहादुर पुलामी मृत अबस्थामा फेला परेका छन् ।
भक्तपुर चुँनारायण नगरपालिका–८ सुडालस्थित नालागुम्बा नजिक झाडीमा हाल नाथ, थर, वतन नखुलेको अंदजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
कास्की पोखरा महानगरपलिका–१७ मुसेटुडास्थित कुलोको छेउमा हाल नाम, थर, वतन नखुलेको अंदाजी ३५वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोलुखम्बु दुधकुण्ड नगरपालिका–१० टाप्टिङ बस्ने ४५ वर्षीया पुटि शेर्पा सोही ठाउँ स्थित सांगा छोलिङ गुम्बाको पछाडी मकै बारीमा मृत अवस्थामा फेला परेकी छिन् । घटनाका सम्बन्धमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया