४ कार्तिक २०८३, बुधबार

आइएमईको ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले यसपालीका पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना असोज ७ गतेदेखि शुरु भई मङ्सिर मसान्तसम्म लागू हुने आईएमईले जनाएको छ ।

आइएमईले सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो । योजनाअवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जनाभाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत एक हजारको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई दश हजार नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई बीस लाख नगद प्रदान गरिने आइएमईले जनाएको छ ।

‘लक्कीड्र’बाट छानिएका विदेशमा बस्नेहरुका लागि विजेता सेवाग्राहीहरूको सिफारिसबमोजिम नेपालमा बस्नुहुने आफन्तलाई समेत पुरस्कार प्रदान जनाइएको छ ।