२ कार्तिक २०८३, सोमबार

आइएमईको ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले यस वर्षको पर्वहरु दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो योजना यही असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् ।

विभिन्न योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यस वर्षको पर्वहरूमा देश विदेशमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको हो ।

योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।