२१ कार्तिक २०८३, शनिबार

निर्मला हत्याको विरोधमा महिला संघले ज्ञापनपत्र बुझाउने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ असोज । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई तत्काल सार्वजनिक गर्न माग गर्दै आइतबार देशभरका जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

महिला संघले देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जनाएको हो । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर सरकारले हालसम्म पनि निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाईन् ।

उनले भनिन्,‘आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन् । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घट्ना यतिकै डिसमिस हुने खतरा देखिएकोले हामीले भोलि आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै व्यतिथिकाविरुद्ध विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखि ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’

बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्छ भनेर आफूले संसदमा जोडदारसँग कुरा उठाएकोपनि उनले सुनाईन् । उनले भनिन्,‘बलात्कारीलाई मृत्युदण्ड दिईएन भने झनै यस्ता घट्नाहरु घटिरहन्छन् । कञ्चनपुर घट्नामा जति नै ठूला बडाका मान्छे भएपनि दोषीलाई कारबाही हुनुपर्छ । प्रधानमन्त्रीले पनि कारबाही गरेर छाड्छु भन्नुभएको छ । उहाँले बोलेका कुरा पूरा गर्नुपर्छ ।’