
काठमाडौं । सफल फिल्म ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल ‘छक्का पञ्जा ३’को ट्रेलर बाहिरिएको छ । फिल्म असोज २४ गते अर्थात् घटस्थापनाको दिनदेखि हलहरुमा लाग्ने छ ।
फिल्ममा दीपकराज गिरी, दिपाश्री निरौला, दीपिका प्रसाईँ, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल लगातको अभिनय देख्नमा पाइन्छ ।
दीपाश्री निरौला निर्देशित फिल्म पुरुषोत्तम प्रधान खिचेका हुन् । कोरियोग्राफी भने कविराज गहतराजको रहेको छ ।
‘छक्का पञ्जा ३’ अब ‘जय भोले’सँग नजुध्ने भएको छ । जय भोले फुलपातिको दिनदेखि लाग्दैछ भने यस फिल्म घटस्थापनाबाटै दर्शकले हेर्न पाउनेछन् । यसअघि जयभोले र छक्का पञ्जा ३ जुध्ने चर्चा थियो ।
ट्रेलर हेर्नुहोस् :















प्रतिक्रिया