शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

वडाध्यक्षको निधन

दैनिक नेपाल २०७५ असोज ५ गते १८:३२

सर्लाही, ५ असोज । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक वडाध्यक्षको शुक्रबार निधन भएको छ ।

वडा नं १ का वडाध्यक्ष इशाक अन्सारीको निधन भएको हो । ६२ वर्षीय अन्सारीको क्यान्सर रोगका कारण निधन भएको हरिपूर्वा नगरपालिका एमाले इञ्जार्च जयप्रकाश यादवले बताए ।

लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित अन्सारीको आज आफ्नो घरमा निधन भएको हो । अन्सारी एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । -रासस

प्रतिक्रिया
सम्बन्धित