२ कार्तिक २०८३, सोमबार

नेप्से : कारोबार रकम २५ प्रतिशतले बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । यस साता कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशतले बढेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार ७०० कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३ हजार ६११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार ६ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम (१९ करोड ९० लाख ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ५३ हजार कित्ता) र कारोबार संख्या (१४५७ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।