२१ कार्तिक २०८३, शनिबार

पहिरोले राजमार्ग अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ५ असोज । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ–कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका–बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । -रासस