
काठमाडौं, ५ असोज । च्याम्पियन्स लिगको सुरुआतमा पोर्चुगिच स्टार क्रिष्टियानोले युभेन्टसका लागि पहिलो खेलमा रेड कार्ड पाए । उनको त्यो च्याम्पियन्स लिग करियरकै पहिलो रेड कार्ड बन्न पुग्यो ।
पहेँलो तथा रातो कार्डले खेलाडीको अनुशासनको स्तरलाई दर्शाउँछ । यसको अर्थ सामान्य भाषामा खेलाडी अनुशासित छैन भन्ने बुझिन्छ । अनुशासन पालना नगर्दा पटकपटक चेतावनी दिइने गरिन्छ । त्यसपछि प्रकृति हेरेर पहेँलो तथा रातो कार्ड देखाइन्छ ।
मैदानमा खेलाडीहरुले अनुशासनसँगै उच्च स्तरको खेल प्रदर्शन गर्ने उद्देश्य राख्नुपर्छ । त्यस्तै केही खेलाडीहरु अनुशासनकै कारण आममानिसमाझ एक प्रकारको छाप छोड्न सफल भएका छन् । आज हामी ती खेलाडीहरुको चर्चा गर्दैछौं जसले अहिलेसम्म एउटा पनि रातो कार्ड पाएका छैनन् ।
आन्द्रेस इनिएस्टा

आन्द्रेस इनिएस्टा बार्सिलोनाका भरपर्दा खेलाडी हुन् । लामो समय फुटबलमा बिताएका उनले ४ च्याम्पियन्स लिग जितेका छन् । करियरमा उनले सात सयभन्दा बढी खेल खेलेपनि एउटा पनि रातो कार्डको पाएनन् । यसले उनको खेलप्रतिको लगाव र अनुशासनलाई झल्काउँछ ।
राउल

राउन स्पेनका उत्कृष्ट खेलाडी हुन् । उनले सफल कप्तानीसमेत गरे । रियल म्याड्रिड लामो समय व्यतित गरेका उनले कहिले पनि रातो कार्डको सामना गनु परेन । १७ वर्षभन्दा बढी फुटबल खेलेका उनले रातो कार्ड नपाउनु भनेको उनको खेल्ने शैली र अनुशासन देखाउँछ ।
करीम बेन्जेमा

फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले रियलका लागि ४ सय भन्दा बढी खेल खेलिसकेा छन् । उनी हत्तपत्त मैदानमा विवादमा रहँदैनन् । उनले मैदानमा अनुशासन देखाएककै कारण अहिलेसम्म कुनै पनि रातो कार्ड पाएका छैनन् । यद्यपी उनले ८ वटा पहेँलो कार्डको सामना गरेका छन् ।
जोआओ मोउटिन्हो

पोर्चुगलका मोउटिन्होले फुटबलमा लगभग एक दशक बिताए । उनले पोर्चुगललाई सन् २०१६ को यूरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले हालसम्म ४७ पहेँलो कार्ड पाए पनि एउटा पनि रातो कार्ड भेटेका छैनन् ।















प्रतिक्रिया