४ कार्तिक २०८३, बुधबार

युरोपा लिग फुटबलमा आर्सनलद्वारा पोल्ताभा पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असोज । युरोपा लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । युरोपा लिगको समूह चरण अन्तर्गतको आफ्नो पहिलो खेलमा आर्सनलले बिहीबार राति वार्स्क्ला पोल्ताभालाई ४–२ ले हराएको हो ।

आर्सनलको जितमा पिएर एमरिकले दुई तथा ड्यानी वेलबेक र मेसुट ओजिलले एक एक गोल गरे । पोल्ताभाका लागि भ्लादिमिर चेस्नाकोभ र व्याचेस्लाभ शार्परले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा ३२ औँ मिनेटमा गोल गर्दै एमरिकले पहिलो हाफमा आर्सनललाई १–० को अग्रता दिलाए ।

४८ औँ मिनेटमा वेलबेकले गोल गर्दै अग्रता दोब्बर पारे । ५६ औँ मिनेटमा एमरिकले व्यक्तिगत दोस्रो गोल गरे भने ७४ औँ मिनेटमा आजिलले गोल गरे ।

आर्सनलले ४–० को अग्रता लिइसकेपछि मात्रै पोल्ताभाले गोल फर्काएको हो । उसका लागि ७६ औँ मिनेटमा चेस्कानोभ र इन्जुरी समयको चौथो मिनेटमा शार्परले गोल गरेका हुन् । एजेन्सी