
काठमाडौं, ५ असोज । कृषि मन्त्रालयको टोलीले मापदण्ड पूरा नगरेका ललितपुरका चार वटा पशु बधशाला शिलबन्दी गरेको छ ।
शुक्रबार कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बधशालाले न्यूनतम मापदण्ड पनि पूरा नगरेको भन्दै चार बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको हो ।
अनुगमन टोलीले आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका बधशालाको मासु बिक्री वितरणमा रोक लगाएका हुन् । बधशालामा कुहिएको मासु भेटेपछि शिलबन्दी गरिएको बताइएको छ ।
बधशाला अनुगमनमा कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोली खटिएको थियो ।















प्रतिक्रिया