५ कार्तिक २०८३, बिहिबार

यौन अपराध लुकाउन ‘बोक्सी’को आरोप

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनले लेखेको नाटक ‘बोक्सी उद्योग’ शुक्रबारदेखि कुञ्ज थियटर थापागाउँमा १५ दिन प्रदर्शन हुँदैछ ।

‘तराई, पहाड जताजतै बोक्सीका नाममा यातना, ताडना भोग्नेहरुको भित्रि कथा खोतल्न खोजेको छु,’ लेखक एलनले भने, ‘सामन्ती सोचको अवशेष हो बोक्सी आरोप, समाजका ठूलावडाले आफ्नो बदमासी बचाउन अवलाहरुलाई बोक्सीको आरोप लगाएर समाजमा बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उतार्ने प्रयास गरेको छु ।’

नाटक तीन दशक रंगमञ्च र काँचका पर्दामा अभिनय र निर्देशनमा बिताएका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् । कुञ्ज थियटरमा आइतबारबाहेक हरेक साँझ ५ बजे प्रदर्शन गरिने नाटकमा लालटिन नेपालका १५ कलाकारको अभिनय छ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि हुनेछ ।

दाह्री ग्याङको सहकार्यमा प्रदर्शनमा आउन लागेको नाटकमा केसी राजा, पदम घिमिरे, दीपिका थापा, टार्जन दाहाल, नमस्ते दिवाकर घिमिरे, विकास शर्मा, प्रलाप राई, किरण रेग्मी, प्रमिसा राई, ऋषिकेश बस्याल, बालानन्द मैनाली, नितु पौडेल, अल्बिना न्यौपाने, रोयल राय, सन्जीव राईलगायतको अभिनय छ । नाटक आउँदो २० गतेसम्म मञ्चन हुनेछ ।