शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

गायिका साहिमाले ल्याइन् ‘ढिँकीच्याउँ’, गीतमा फरक प्रयोग

दैनिक नेपाल २०७५ असोज ५ गते ७:४०

काठमाडौं । गायिका साहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको स्वरमा ‘ढिँकीच्याउँ’ बोलको गीत रिलिज भएको छ । गीत फास्ट ट्रयाकमा बनेको छ ।

गायिका श्रेष्ठको युट्युब च्यानलबाट ‘ढिँकीच्याउँ’लाई रिलिज गरिएको हो । गीतमा संगीतकार गोविन्दमधुर आचार्यले संगीत दिएका छन् । एरेञ्ज पनि आचार्यले नै गरेका हुन् । गीतलाई मिक्सिङ सन्तोष पौडेलले गरेका छन् ।

गीतका शब्द गायक न्यौपाने आफैले लेखेका छन् । लोक आधुनिक लयमा रहेको यो गीतमा नायिका एवम् मोडल खुस्बु खड्काले मोडलिङ गरेकी छिन् । खुस्बुलाई ‘नेपाली ठिटोज् एण्ड टिम’ले साथ दिएका छन् ।

सुनील क्षत्रीको निर्देशन, टंक केसीको छायँकन र विकास ज्ञवालीको सम्पादन रहेको म्युजिक भिडियोमा केही फरक स्वाद दिन खोजिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित