४ कार्तिक २०८३, बुधबार

खेल सम्बद्ध सबैलाई बाँच्ने आधार बनाउनेछौँ : एन्फा अध्यक्ष शेर्पा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, ४ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडी, प्रशिक्षक र रेफ्रीलाई बाँच्ने आधार निर्माण गर्ने बताएका छन् ।

बिहीबार स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र जिल्ला फुटबल सङ्घ स्याङ्जाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष शेर्पाले भने, ‘हामीले अब नयाँ नयाँ खेलाडीहरु उत्पादन मात्रै गर्दैनौँ, उनीहरुलाई खेल क्षेत्रमा लागेर बाँच्ने आधार बनाउने छौँ ।’

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहनप्रसाद रेग्मीले फुटबलमा देखिएको विकृति तथा विसङ्गतिलाई तोड्दै एन्फाको गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनु आवश्यक रहेको बताए ।

नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले खेलकूदको विकासका लागि एक करोड रुपैयाँ विनियोजन गरेको बताउँदै यसको सही सदुपयोग गर्न आग्रह गरे । -रासस