५ कार्तिक २०८३, बिहिबार

चलचित्र ‘प्रसाद’को गीत ‘लै लै लै’ सार्वजनिक (भिडियोसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद’को पहिलो गीत सार्वजनिक भएको छ । कलाकारहरु विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको भूमिका रहेको उक्त चलचित्रको ‘लै लै लै’ बोलको गीत सार्वजनिक गरिएको हो । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन्।

मंगलबार युट्युबमार्फत फिल्ममा समावेश ‘लै लै’ बोलको गीत सार्वजनिक गरिएको हो । गणेश शाहीको शब्द समावेश उक्त गीतमा सुवास भुषालको संगीत तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । पत्रकार सुशील पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य-मान्यताविरुद्धको कथा देखाइने छ ।

चलचित्रमा विकास सुवेदी सहायक निर्देशकको रूपमा रहेका छन् । चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहनेछ भने संगीत संयोजन उदयराज पौडेलले गर्नेछन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका छन् ।