
छेन्दु, ४ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले यहाँ आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गरेका छन् ।
उनले बिहीबार बिहान उक्त मेलाको उद्घाटन समारोहलाई सम्बोधन गरेका हुन् । मेला उद्घाटन समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्ह्वा, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र ईटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका थिए ।
उपराष्ट्रपतिले आजै बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायीहरुको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।












प्रतिक्रिया