५ कार्तिक २०८३, बिहिबार

शुक्रबारदेखि सर्वनाममा जनयुद्ध !

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असोज । सर्वनाम थिएटर कालिकास्थान काठमाडौँमा शुक्रबारदेखि नाटक ‘जनयुद्ध जारी छ ?’ मञ्चन हुने भएको छ ।

राज शाहको लेखन तथा निर्देशन रहेको नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ मा मञ्चन हुनेछ । शुक्रबार, शनिबार र आइतबार दिउँसो १ बजे अतिरिक्त शो समेत हुने निर्देशक शाहले बताए ।

नाटकमा सुजिता अधिकारी, शर्मिला नगरकोटी, सुदर्शन अर्याल, मनोज महर्जन, ईन्द्रबहादुर चौधरी, मुकेश हमाल, पासलाक्पा शेर्पा, धिरज थापा मगर, कृष्ण खड्का, शोभा लिम्बु, आशिष काफ्ले, मोहन श्रेष्ठ र नमराज पराजुलीको अभिनय रहेको छ ।

आदित्य शर्माले प्रकाश परिकल्पना गरेको नाटकमा क्षितिज पराजुलीले प्रकाश परिचालन गरेका छन् ।

राज शाहले परिकल्पना गरेको मञ्च निर्माण आदित्य शर्मा, रुपेन्द्र शिवाकोटी, सुरेश श्रेष्ठ र अभिषेक ढकालले गरेका हुन् । सुजिता अधिकारीको भेषभुषा रहेको नाटकमा सोनालाल ठाकुरको हेयर ड्रेसिङ र शर्मिला नगरकोटीको मञ्च व्यवस्थापन रहेको छ ।

यसैगरी नेपथ्यमा आरुषजंग सारु, दिनेश थापा, बिन्दु बिएम, नरेन भट्टराई, जनक साउद, आशिष बस्न्यात र सुनिता वाँडे छन् ।

नाटक आउँदो २१ गतेसम्म मञ्चन हुनेछ । यसअघि शाहको लेखन तथा निर्देशनमा ‘जिउँदा सपना’ र ‘बुख्याँचा मन’ मञ्चन भइसकेका छन् ।