शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

गरिवी निवारण कोषभित्र के भइरहेको छ ?

दैनिक नेपाल २०७५ असोज ४ गते १०:१५

काठमाडौं, ४ असोज । गरिव जनताको जीवनस्तर उकास्ने उदेश्य लिएर स्थापना भएको गरिवी निवारण कोषका विभिन्न प्रश्न खडा भएको कर्मचारीहरूले जनाएका छन् ।

कोषभित्रको आर्थिक अपारदर्शीको चर्चा चल्ने गरेको छ । कोषका कार्यकारी निर्देशक नहकुल केसीविरुद्ध कोषका अधिकांश कर्मचारीहरू विरोधमा छन् । केसीको डरले बाहिर चइ गरेर कर्मचारीहरू बोल्न सकेका छैनन् ।

यति मात्रै होइन कोषका तत्तकालीन उपाध्यक्ष युवराज पाण्डेले कोषभित्र कार्यकारी निर्देशक केसीविरुद्ध अख्तियारमा उजुरी समेत दिएका थिए । पाण्डेले आफूले पद छाड्नुभन्दा दुई दिन अगाडि अख्तियारमा उजुरी दिएका हुन् ।

आर्थिक कारोबार राखिएको कोषको सफ्टवेर नै बिगारेर हिसावकिताव डामाडोल बनाएको चर्चा छ ।

 

प्रतिक्रिया
सम्बन्धित