शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

राजनीतिको कुन फेरो समात्न फेरि थाइल्यान्ड पुगे निर्मलनिवासका ससुरा–बुहारी ?

दैनिक नेपाल २०७५ असोज ४ गते ९:४६

विनोद ढकाल/समाचार विश्लेषण

काठमाडौं, ४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले २०१९ को भारतीय चुनावपछि नरेन्द्र मोदीको सत्तारोहणको दोस्रो इनिङ हुँदा नेपालमा राजतन्त्र फर्किने र आफु कुनै न कुनै प्रारूपमा पुर्नस्थापित हुने संकेत गरेको हल्ला डिजिटल मिडियामा आउन थालेको छ ।

जबकि संघीय प्रणालीको अभ्यासको पहिलो खुड्कीलो सुरु गरेको नेपालमा स्थानीय, प्रदेश र संघीय सरकारको संरचनाले गति लिन थालेको ६ महिना बितेको छ । राजाको पुर्नस्थापना हुनसक्ने हल्लालाई अनुमानका आधारमा मात्र विश्लेषण गर्न सकिँदैन । तर राजनीतिमा सबैप्रकारका हत्कण्डा हुनसक्ने खतरा र नेपालको व्यवस्थामा भारतको हस्तक्षेपकारी भुमिकालाई नकार्ने पृष्ठभुमी पनि छैन ।

माओवादीलाई झस्क्याउनका लागि सो समझदारीका क्रममा तत्कालिन माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण र सीपी गजुरेललाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी जेलमा राखेको थियो । त्यो १२ बुँदे समझदारी दिल्लीको भुमिकामा नै प्रस्टिनुपर्छ भन्ने भारतको चेतावनी थियो । यस्तै चेतावनी भारतले नेपालमा तत्कालिन विशेष दूत करण सिंहमार्फत राजा ज्ञानेन्द्रलाई दिएका थिए

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ज्ञानेन्द्रका पालामा तत्कालिन युद्धकारी माओवादीसँगको वार्तामा भारतको सक्रियतालाई ध्यान नदिँदा नै राजतन्त्रको अवशानको विन्दु पहिल्यिएको संकेतसहितको अन्तरवार्ता एउटा डिजिटल मिडियामा यसै साता बोलेका थिए । त्यसबेला पटक–पटक भएका वार्ता भाँडिनु, नेपालमा जनआन्दोलन सुरु हुनु, दिल्लीमा १२ बुँदे समझदारी कायम हुनुलाई जोडेर हेर्दा राजतन्त्रको अवसान र माओवादी मुलधारमा आउने कारणमा दिल्ली नै प्रधान देखियो ।

माओवादीलाई झस्क्याउनका लागि सो समझदारीका क्रममा तत्कालिन माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण र सीपी गजुरेललाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी जेलमा राखेको थियो । त्यो १२ बुँदे समझदारी दिल्लीको भुमिकामा नै प्रस्टिनुपर्छ भन्ने भारतको चेतावनी थियो । यस्तै चेतावनी भारतले नेपालमा तत्कालिन विशेष दूत करण सिंहमार्फत राजा ज्ञानेन्द्रलाई दिएका थिए । ज्ञानेन्द्रले जनआन्दोलनका समयमा आफुलाई जोगाउनका लागि भारतीय सन्देश कार्यान्वयन गरे पनि भिँडले उनलाई स्वीकारेको थिएन ।

चन्दकै भनाईलाई आधार मान्ने हो भने जनआन्दोलनको कारक तत्कालिन एमाले महासचिव माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा नियुक्त नगर्ने निर्णय, भारतलाई वेवास्ता गरी चीनसँग सम्बन्ध राख्ने प्रयत्न र माओवादी, दलहरू र दरबारको समझादारी बनाउन नयाँ दिल्लीलाई भुमिकाविहीन बनाउने ज्ञानेन्द्रको निर्णयले व्यवस्था परिवर्तन भयो ।

अहिले फेरि व्यवस्था परिवर्तन हुने विषय बहसमा आउन थालेको छ । के यो सम्भव छ ?

नेपालका दुई फरक व्यवस्थाका नेतृत्वकर्ताको बारम्बारको थाइल्यान्ड र भारत भ्रमण उच्च अधिकारी र एजेन्सीका अधिकारीसँगको भेटले यसमा स्वभाविक संशय पैदा गर्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित एक महिना लामो थाइल्यान्ड भ्रमणमा छन् । अहिले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ (रअ), इन्टेलिजेन्स व्युरो (आइबी) र भारतीय जनता पार्टीका केही अधिकारी पनि बैंककमा रहेको बताइन्छ ।

थाइल्यान्ड पर्यटकीय देशमात्र होइन, नेपाली राजनीतिका लागि कुटनीतिक नीति र योजनाका विभिन्न पक्षमा छलफल हुने थलो पनि बनेको छ । एकाध बहानामा नेपालका अनेक व्यवस्थाका प्रमुखहरू र भारतीय एजेन्सीका मुखियाहरूको योजनाबद्ध भेट हुने बैंककले खासगरी भारतको दबाब जोडिएका विषय र व्यवस्थाको दिशानिर्देश गर्दै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका उच्च पदस्त अधिकारीले प्रचण्डसँग नेपाली राजनीति र भारत–नेपाल सम्बन्धका विषयमा मात्रै कुराकानी गरेको थिएन व्यवस्थाका विषयमा पनि छलफल चलाएको थियो । के नेपालमा राजसंस्थाको कुनै शेषलाई प्रकारान्तरमा स्थापना सम्भव छ ? हिन्दू धर्मको प्रतिकलाई बचाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल चलेको अनुमान गरिएको छ

यही शिलशीलामा प्रधानमन्त्री निर्वाचित बन्नुअघि उपचारका लागि केपी शर्मा ओली, सोही बेला पूर्वयुवराज्ञी हिमानी शाह बैंकक पुग्नु संयोगमात्र थियो त ? पार्टीमा यसै विषयमा सवाल उठेपछि तत्कालिन एमालेलाई ओलीले भनेका थिए– जम्काभेट मात्र भएको थियो !

सत्ताको नेतृत्व गरिरहेको नेकपाभित्र भारतले प्रकारान्तरले खेल्ने तयारी गरेको छ । कुनैबेला देशमा सांस्कृतिक राजा हुनसक्ने संकेत गरेका नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उच्च तहमा व्यवस्थाको विषयमा भारतीय संस्थापनले यसै साता कुराकानी गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतका उच्च पदस्त अधिकारीले प्रचण्डसँग नेपाली राजनीति र भारत–नेपाल सम्बन्धका विषयमा मात्रै कुराकानी गरेको थिएन व्यवस्थाका विषयमा पनि छलफल चलाएको थियो । के नेपालमा राजसंस्थाको कुनै शेषलाई प्रकारान्तरमा स्थापना सम्भव छ ? हिन्दू धर्मको प्रतिकलाई बचाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल चलेको अनुमान गरिएको छ ।

२ सय ३७ बर्षको विरासत गुमाएको १२ बर्ष बितेपछि भारतीय नेताहरूसँगको निरन्तर भेट, एक महिनापछि भारत भ्रमणकै तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले व्यवस्था परिवर्तनका लागि कुनै चलखेल गरिरहेका छन् ? यावत प्रश्न स्वभाविक हुन्छन् । किनकी ज्ञानेन्द्रले केही समय अघि भनेका थिए– समय आएपछि बोल्छु !

अहिलेको भारतीय संस्थापन नेपालमा हिन्दू राज्य स्थापना गर्न चहान्छ । भारतीय जनता पार्टीका कतिपय नेताले नेपाली भुमिमा आएर हिन्दू राज्य स्थापना गर्नुपर्छ भनी विवादास्पद अभिव्यक्ति पनि दिएका थिए । विश्व हिन्दु महासंघको विराट भेला काठमाडौंमा गरी ज्ञानेन्द्रलाई मुख्य अतिथिका रूपमा राखेर मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सहभागीता हुनु, उत्तर प्रदेश भ्रमणका क्रममा ज्ञानेन्द्रलाई न्यानो आतिथ्यता प्रदान गर्दै विशेष भेट गर्नुले धेरै संकेत गरेका छन् ।

त्यसो त नेपालका पनि विभिन्न ठाउँमा पूर्वयुवराज पारस शाहले हिन्दू धर्म र राजसंस्थाको प्रचारका लागि शिव सेना नेपाल, हिन्दुवादी संस्थाहरूको यात्रा गराउनु, सामाजिक कामका लागि हिमानी ट्रष्टले खुला रूपमा काम गर्नु पनि नेपालमा राजसंस्थाको चलखेल हुनसक्ने शंकाका बाछिटा हुन् ।

प्रतिक्रिया
सम्बन्धित