४ कार्तिक २०८३, बुधबार

सिके राउतका २० जना कार्यकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ३ असोज । संविधान दिवसलाई विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेस गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवान सहित २० जना कार्यकर्तालाई पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलाशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी मोहन बहादुर खाँडले जानकारी दिए ।

दिउँसो करिव २ बजेको समयमा संविधानको विरोध गर्दै जुलुस निकाल्ने तयारी गरिरहेको जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरिएको उनले बताए । पक्राउ गरिएका सिके राउतका कार्यकर्ताहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखी सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।