४ कार्तिक २०८३, बुधबार

पैसा ठिक पार्दै गर्नुस्, जनसेवी लघुवित्तको आइपीओ निष्काशन हुँदै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

जनसेवीले प्रतिकित्ता १०० रुपैंया अंकित ४ लाख २० हजार कित्ता अर्थात् चार करोड २० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले आइपीओ निष्काशनका लागि अनुमतिका लागि आवेदन गरिसकेको छ ।

एनएमबी क्यापिटलले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्दैछ ।